Logo

‘मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक’



काठमाडौं, ३१ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनितिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको आंैल्याए ।

मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै बर्तमान सरकारले मुलुकलाई अस्थिरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिनु पर्ने बताएका हुन् ।
उनले भन्नु भयो ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अबस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा बिकास निमार्णका काम गरि निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधै पुरा गरेको र अहिले पनि पुरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफै अग्रसर भएको उनको दाबी छ ।

‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम ग¥यो, न बिकास निमार्णका कार्य ग¥यो,बिकास बजेट सम्म पनि खर्च गर्न सकेन ।’ भन्दै उनले भने ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाईसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

कांगे्रसका लागी महाधीवेशन की सरकारको नेतृत्व महत्वपूर्ण ? भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने ‘हाम्रो लागी देश र जनता महत्वपुर्ण हुन । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौ ।’

साथै उनले कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए । नेता सिह नेपाली कांग्रेस खैरहनि नगर समितिले आयोजना गर्ने कार्यक्रममा सभागि हुन चितवन आएका हुन् । File photo



प्रतिक्रिया दिनुहोस्