Logo

नयाँ वर्षमा प्रचण्डको शुभकामना : प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न नयाँ सरकार गठन अपरिहार्य (शुभकामना सन्देशसहित)



काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन् । आज (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको पनि दाबी गरेका छन् । उनले भनेका छन्,प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु । File Photo/ReportersNepal

हेरौं दाहालको शुभकामना सन्देशको पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस्

Screenshot