Logo

बैशाख महिना भर नबिल बैंकले आइकार्ड र क्रेडिट कार्डमा छुट दिने



काठमाडौं, १ बैशाख । नबिल बैंकका ग्राहकहरुले आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिना भर छुट पाउने भएका छन् । बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको जनाएको छ ।

बैंकको अनुसार आइकार्ड र नबिल कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । बैंकले दिएको एक महिने सेवाबाट छुट पाउन ग्राहकहरुलाई नजिकको शाखा कार्यालयमा जान पनि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्