Logo

हल्लाका पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे। उनले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा गर्दै सरकारले काम गरेको र राष्ट्रिय हितका पक्षमा कहिले पनि बिर्सन नहुने बताए ।

न्यायसहित अन्तर्राष्ट्रिय उत्तरदायित्व, सामाजिक न्यायसहित शान्ति र विकासको आवश्यकता रहेको र शान्तिपूर्ण वातावरण सबैले निर्माण गर्न उनको आग्रह थियो । प्रधानमन्त्री ओलीले विश्वलाई पनि भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई विदेश असुरक्षित भएको हुँदा उपलब्ध रोजगारीका असरको खोजी गरी उपयुक्तका लागि पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताए ।

प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरे । रासस-file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot