काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् । ‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ ।’ उनले भने ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनैतिक तरवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनु पर्छ ।’
साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए । ‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधै महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो । राणा शासन हटाउने देखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महन्वपुर्ण भुमिका खेल्ने गरेको छ ।’ उनको भनाई थियो ।
सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमीत गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ । लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले नेपाली कांगे्रसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनँको भनाई छ ।
फरक प्रसंगमा बोल्दै पाटि को अधिबेसन निरधारित समय मा हर हालतमा गर्नु को बिकल्प नरहेको भन्दै पार्टी बिधान को गलत प्रयोग गरेर असहज परिस्थिति मा प्रयोग गरिने बिधानका विशेष धारा काम नगरेर गलत प्रयोग भयको समेत बताए ।
पार्टी बिधिपद्वतीमा चलाउनु नसक्नु अहिलेको नेतत्रित्व कमजोरी रहेको भन्दै पाटि भित्र सबैले आ–आफ्नो हैसियत र ओैकात भित्र रहनु पर्ने भन्दै गलत नेत्रत्रित्व चयन भय कांग्रेस को अस्तितो समात हुने भन्दै सुझबुझ प्रयोग गर्न कार्यकर्ता लाई अपिल समेत गरे । पाटिभित्र पुराना ईमानदार नेता कार्यकर्ताको अवमूल्यन गरिकाले पाटिको यो दुरअवस्था आएको बताए । नयाँ बर्षले मजबुत बलियो बिधिसम्मत चल्ने जन्ताको प्रिय पाटि बनाउन सबैलाई सदबुदि आओसस भन्दै नयाँ बर्षको शुभकामना समेत व्यक्त गरेका छन् ।