Logo

ओलीको निरन्तर प्रतिगमनकारी हर्कत देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग हो : डा. भट्टराई



काठमाडौं, १ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग भएको टिप्पणी गरेका छन् । उनले अब अग्रगमनकारी शक्तिहरुले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् । उनले भनेका छन्,”ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो/चरणबाट उल्टाएर देशलाई२०४७तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है!”



प्रतिक्रिया दिनुहोस्

Screenshot