Logo

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कुम्भमेलामा शिर्ष साधुसन्तलाई कोरोना संक्रमण



काठमाडौं, २ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता हरिद्वारस्थित कुम्भमेलामा सहभागी भए । ३० लाखभन्दा बढी भक्तजनले स्थान गरेको कुम्भमेलामा सयौंलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको छ ।

कुम्भमेलामा नौजना शिर्ष धार्मिक नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ हिन्दु समूहका प्रमुख नरेन्द्र गिरी पनि छन् ।

पूर्व राजा शाहले हरिद्वारको कुम्भमेलामा पुगी मन्तव्य समेत दिएका थिए । उनको भव्य स्वागत भएको थियो ।

यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot