Logo

३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान



काठमाडौं, बैशाख २ । सरकारले ३ सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपांगता भएकाहरु तथा १ सय ७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रूपमा सरकारले सम्मान गरेको हो ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान दिने व्यक्तिहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र्र्दिए ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताए ।

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताउँदै आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँड्नेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने बताए। उनले देशका लागि गरिएको बलिदान, त्याग र पीडादायक भोगाइको सम्मान गरिएको बताउँदै शहीदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षा–दीक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्