Logo

नेप्सेद्वारा आईएमई जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन



काठमाडौं, २ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर प्रयोजनको लागि समायोजन गरेको हो ।

इन्स्योरेन्सको मंगलबार भएको अन्तिम कारोबार मुल्य १२ सय ५७ रुपैयाँको आधारमा नेप्सेले बोनस पछिको नयाँ मुल्य ११ सय ७५ रुपैयाँ निर्धारण गरेको हो । नयाँ मुल्यको आधारमा आजबाट कम्पनीको शेयर कारोबार हुने भएको छ ।

इन्स्योरेन्सले बैशाख १२ र १३ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ आजबाट सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्