काठमाडौं, २ बैशाख । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख ९३ हजार ८ सय १ संस्थापक शेयरमा बैशाख ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
इच्छुक शेयर खरिद कर्ताहरुले प्रतिकित्ता ४ सय ३५ रुपैयाँ तोकिएको हुनाले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न सक्नेछन् । न्युनतम १०० कित्तादेखि अधिकतम सबै कित्तासम्ममा संस्थापक शेयरधनीहरु, अन्य कुनै कम्पनी, व्यक्ति र संस्थाहरुले रितपुर्वक आवेदन दिन कम्पनीले सुचना मार्फत आग्रह गरेको छ ।