काठमाडौं, २ बैशाख । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिशमा अधिवेशन हिजो (बुधवार) मध्यरातदेखि नै अन्त्य भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मुख्यमन्त्री गुरुङले चालु अधिवेशन अन्त्य गरेका हुन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आजै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरिएको जानकारी दिएका थिए । file photo