Logo

हामी हावादारी कुरा गर्दैनौं, अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । र, त्यसको लागि गृहकार्य भैरहेको पनि उनले जनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनेबारे निर्णय भैसहेको पनि जनाए ।

अहिले पार्टीको निर्णयबमोजिम नै गृहकार्य भैरहेको उनको भनाई छ । उनले आफ्नो पार्टीले हावादारी कुरा नगर्ने भन्दै तथ्य र सत्यको आधारमा बोल्ने गरेको पनि स्मरण गराए । उनले संविधान अहिले अन्यौलमा फसेको पनि टिप्पणी गरे । उनले मुलुकलाई सुरुङतर्फ धकेल्न खोजिएको पनि आरोप लगाए । उनले वर्तमान प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

उनले अहिले चलखेल, सेटिङ भैरहेको पनि गम्भीर आरोप लगाए । उनले नेकपालाई पूर्ववत अवस्थामा फर्काउने अदालतको फैसलालाई उनले सेटिङको संज्ञा दिए । उनले २०७७ साल राजनीतिक हिसाबले पनि खराब साल साबित भएको पनि जनाए । नयाँ सरकार बनाउनको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल भैरहेको पनि श्रेष्ठले जनाए ।



प्रतिक्रिया दिनुहोस्