Logo

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ



काठमाडौं २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीले गति लिएको छ । ओलीविरुद्ध समिकरण बनाउन नेताहरु सक्रिय भएका छन् । उनीहरु प्याकेजमै सहमति गरेर अविश्वासको प्रस्ताव ल्याउन जुटेका हुन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र खुलेरै देखिएको छ । काँग्रेसले पार्टीबाट निर्णय गराएर ओलीलाई हटाउन पहल गर्ने जनाएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक रुपमै ओलीलाई हटाउनुपर्ने भन्दै आएका छन । प्रचण्ड ओलीलाई हटाउन निकै सक्रिय हुने नेतामध्ये पर्दछन् ।

नेपाली काँग्रेसभित्र ओलीलाई तत्काल हटाइहाल्ने पक्षमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको विल्प खोजिहाल्नुपर्नेमा जोड दिदै आएका छन् । तर, सभापति शेरबहादुर देउवा ओलीप्रति लचिलो देखिएका छन् । उनी अर्ली इलेक्लनको पक्षमा छन् । ओली पनि त्यही पक्षमा छन् ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सबैभन्दा सक्रिय हुनेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई छन् । यादव र भट्टराईले काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पटक पटक भेटिसकेका छन् । भेटहरु सत्ता समिकरणमा केन्द्रित थिए ।

सत्ता समिकरणका लागि जसपाभित्र समान धारणा बन्न सकेको छैन । महन्थ ठाकुर पक्षधर जस्ले माग पूरा गर्छ उसैसँग सत्ता समिकरण गर्ने पक्षमा छन् । ठाकुर र राजेन्द्र महतो सत्ता समिकरणका लागि ओलीसँग पनि छलफल गर्दै आएका छन् ।

यसरी ओलीलाई हटाउन काँग्रेस र जसपाभित्र नै मतैक्यता छैन । तर, काँग्रेसभित्र ठूलो तप्का ओलीको विकल्प खोजेर सरकारको नेतृत्व लिन जोड दिइआएका छन् । जसपाभित्र भने ओली या उनीइतरको समूह मध्ये कोसँग समिकरण गर्नेबारे मतभेद छ ।



प्रतिक्रिया दिनुहोस्