काठमाडौं, २ बैशाख । एनएमबि बैंकले नयाँ वर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानलमार्फत अन्तरबैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
प्रत्येक महिनाको पहिलो हप्ता आफ्ना ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नुपर्ने भएकोले एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।
विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैअग्रसर हुँदै समुदायस्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसंग सहकार्य गदै लैजाने जनाएको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।