Logo

प्रदीप पौडेलको टिप्पणी : एउटा सन्कीको दास भएर यो देश चल्न सक्दैन्



काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्कीको संज्ञा दिएका छन् । उनले गण्डकी प्रदेशमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्,”काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने । अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि- विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीकाे दास भएर यो देश चल्न सक्दैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot