काठमाडौं, २ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । जसपा स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच आज दिउँसो करिब डेढ घण्टा लामो कुराकानी भएको हो ।
पछिल्लो समय जसपाले आफ्ना माग र मुद्दा प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने विश्वास लिएको छ । यसको लागि अध्यक्ष ठाकुर र नेता महतोले लगातार छलफल गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरेको छ ।
तर, सत्ता समिकरणमा निर्णायक बनेको जसपाले भने अहिले कुनै निर्णय गरेको छैन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाबीच सत्ता सहकार्यको लागि प्रयास भैरहेको छ । File Photo/ReportersNepal