Logo

राजश्व संकलन छ खर्ब ३६ अर्ब ६९ करोड, खर्च सात खर्ब



काठमाडौं, बैशाख ३ । चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । चालू आवका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।कुल राजस्व सङ्कलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७।५९ प्रतिशत हो । चालू आवमा सरकारले दस खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । चैतसम्म सरकारले ४७ अर्ब १७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यसबाहेक सरकारले १० अर्ब सात करोड रुपियाँ अनुदान प्राप्त गरेको छ भने ३५ अर्ब ५९ करोड रुपियाँ अन्य प्राप्ति शीर्षकबापत आम्दानी गरेको छ । अनुदान र अन्य प्राप्तिसहित सरकारको खातामा चैतसम्म सात खर्ब २९ अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

खर्च सात खर्बनजिक
चैतसम्म सरकारको कुल खर्च सात खर्बनजिक पुगेको छ । कार्यालयका अनुसार चालू विकास र वित्तीय गरेर छ खर्ब ९४ अर्ब ४५ करोड रुपियाँ खर्च भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot