Logo

को हुन् प्रकाश ज्वाला



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज भएको घटनाले देशको राजनीतिलाई तरंगित बनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ४ जना प्रदेश सभा सांसदले फ्लोर क्रस गरे । ती मध्ये मुख्य थिए प्रकाश ज्वाला ।

सल्यानका ज्वाला पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट हुन् । उनले नेपाललाई कठिन परिस्थितिमा साथ दिदै आएका छन् ।

युवावस्थामै ज्वाला सल्यानको भूगोलमा जम्न सकेका थिए । २०५६ सालको संसदीय चुनावमा विजयी घोषणा हुने पहिलो सांसद थिए । सल्यानबाट उनले जीत हासिल गर्दा माओवादी जनयुद्ध उक्त क्षेत्रमा फैलँदै थियो ।

लामो समय जनप्रतिनिधि हुन नसकेका ज्वाला २०७४ सालको चुनावमा प्रदेशसभामा विजयी भएका थिए । सल्यान १ (ख) मा उनले सानदार जीत हासिल गरेका थिए । मुख्यमन्त्री बन्ने महत्वाकांक्षाका साथ प्रदेश सभामा चुनाव लडेका ज्वालाले यसपटक प्रदेशको मात्र नभई राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने गरी कदम चाले ।

पार्टीको ह्वीप उल्लंघन गरेका ज्वालाले आफूमाथि कारबाही हुने बुझेका थिए । उनीसहित चार सांसदमाथि पार्टीको साधारण सदस्यता नै नरहने गरी कारबाहीको सिफारिश भइसकेको छ । अब उनको सांसद पद रिक्त गर्ने प्रक्रिया पनि चालिने तयारी भइसकेको छ ।
फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्