Logo

किन बिग्रियो मौसम ? अझै केही दिन सचेत रहन मौसमविद्को सुझाब



वैशाख ३, काठमाण्डौ । काठमाडौँमा बिहीबार साँझ हुरी चलेको थियो । कतै फाट्टफुट्ट वर्षा पनि भएको थियो । शुक्रबार भने दिउँसोदेखि असिनासहित वर्षा भएको हो । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले काठमाडौँ लगायत क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँसहित प्रदेश १ र सुदूरपश्चिमका पहाडी भागमा पनि वर्षा भएको हो । गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा पनि मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकसित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले ती ठाउँमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । लामो समयदेखि बर्षा नभएका कारण प्रिमनसुन एक्टिभिटी बढेको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् । अझै केही दिन मौसम समान्य नहुने पौडेलको भनाई छ ।

वैशाख ४ गते दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख ५ गते आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्