काठमाडौं, बैशाख ४ । भारतको सबैभन्दा ठूलो सवारी साधन निर्माता कम्पनी मारुती सुजुकीले आफ्ना सवारी साधनको मूल्य २२ हजार ५०० रुपैयासम्म बढाउने भएको छ । कम्पनीले शुक्रवार उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै तत्कालै लागू हुने गरी मूल्य वृद्धिको घोषणा गरेको हो ।
पछिल्लो मूल्य वृद्धिमा सेलेरियो र स्विफ्टबाहेक अन्य सबै मोडललाई समेटिनेछ । ‘विविध उत्पादन लागतमा भएको वृद्धिका कारण कम्पनीले रोजिएका केही मोडलहरुको मूल्य बढाएको छ,’ नियामक फाइलिङमा कम्पनीले भनेको छ ।
कम्पनीले भारतीय बजारमा अल्टोदेखि एस–क्रसम्म विविध मोडलको सवारी साधन बेच्दै आएको छ ।