Logo

तोलामा ७०० ले बढ्यो सुनको मूल्य



काठमाडौं, बैशाख ४। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ३०० ले बढेको सुनको मूल्य शुक्रवार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ७०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला एक हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार एक हजार ३०० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी १० ले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्