Logo

फ्लोर क्रस गर्ने सांसदहरूमाथि खनिँदै सूर्य थापाले भने–‘खलपात्रहरूको महापतन नै भयो’



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीको ह्वीप नै उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदहरुलाई खलपात्रको संज्ञा दिएका छन् । उनले ती चार सांसदहरुको महापतन नै भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा राखेका हुन् । थापाले लेखेका छन्–’२०५३ सालमा जाजरकाेटका दीपकजंग शाह र हुम्लाका चक्रबहादुर शाही अनुपस्थित भएर देउवा सरकार ढालेका थिए । वैशाख ३ गते कर्णाली प्रदेशमा प्रकाश ज्वाला,अमर थापा,नन्द बुढा र कुर्मराज शाहीले शाह र चक्रलाई पछ्याउँदै फ्लाेरक्रस गरे, महेन्द्र शाहीका रक्षक बने र खलपात्रहरूकाे महापतन नै भयाे ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot