Logo

शिक्षकहरुको कार्यक्रममा प्रचण्डले भने–‘‘केन्द्र सरकार हटाउने प्रक्रियामा सामेल हुन मिटिङमा जाँदैछु” (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरुको कारणले आएको स्पष्ट पारेका छन् । यसो भन्नको लागि छाती ढोकेर भन्नुपर्ने पनि उनको भनाई छ । आज (शनिबार) शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूलो संघर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको थियो भन्ने धारणा राखे ।

https://www.facebook.com/prachanda.nepal/videos/901492027369387

उनले आफूले प्रतिनिधिसभा पूनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही दिनमै राजीनामा दिनुपर्ने माग गरेको पनि स्मरण गराए । उनले नैतिकताको कुरा अब भैंसीको अघि बिन बाजा बजाएको जस्तै भएको पनि टिप्पणी गरे । तर, आफूहरु विजयी भएको उनको भनाई छ । उनले आफूहरु यतिवेला सरकार गठन, पूनर्गठनको प्रक्रियामा रहेको उल्लेख गरे । उनले भने,‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाईसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । विशेष अधिवेशनको माग गरिएको छ । लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अब केन्द्रमा यो अन्यौलता  र अराजकताको स्थिति अन्त्य गर्नको लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौं । र, म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन मिटिङमा जाँदैपनि छु ।’

 



प्रतिक्रिया दिनुहोस्