Logo

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज, नेपालद्धारा नेदरल्याण्ड्स पराजित



काठमाडौं, ४ बैशाख । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर १५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले ।

भुर्तेलले ४६ बलमा ६२ रन बनाउँदा, शेखले ३८ बलमा ५४ रन बनाउँदै नटआउट रहे । कप्तान ज्ञानेन्द्र मल्लले पनि ७ बलमा १३ रन बनाएर नटआउट खेले । बलिङतर्फ नेदरल्याण्ड्सका जुलिएन डी मेले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

उसका लागि बसदे लीदेले सर्वाधिक ४१ रन बनाउँदा स्कट एडबार्ड ३०, कप्तान पिटर सीलार २३, एन्टोनुस स्टालले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

पहिलो खेलमा जित निकालेसँगै नेपालले २ अंक बनाएको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सबैभन्दा बढी अंक बनाउने दुई टीमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै मलेसिया पनि रहेको छ । तस्विर स्रोत : Cricket Association of Nepal-CAN



प्रतिक्रिया दिनुहोस्

Screenshot