काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कर्णाली प्रदेशमा हिजो भएको राजनीतिक घट्नाक्रमबारे आजपनि आफ्नो धारणा राखेका छन् । उनले माधव नेपाल पक्ष र नेकपा (माओवादी केन्द्र) को सहकार्यलाई ‘समन्द्रको पीँधभन्दा पनि डिप लभ परेको समलिङ्गीहरुको प्रेमलाप’ को संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल टिव्टरमार्फत उनले लेखेका छन्–‘समुन्द्रको पीँधभन्दा पनि डीप लभ परेका समलिङ्गीहरुको प्रेमलापबाट कर्णालीमा के के न जन्मियो भन्ठानेको त क्यप्टेनसँग झोक चलेर आफै सवार जहाज प्वाल पार्ने चार मुसा जन्म्या रैछन,त्यो पनि जहाज बचाउन रे। छापामार सँगको लभ आइडियाको कमाल पनि देखियो।