Logo

प्रदेश र केन्द्रमा समेत कर्णालीकै जस्तो फ्लोर क्रस हुनसक्ने भीम रावलको चेतावनी



काठमाडौं, ४ वैशाख । पूर्वउपप्रधानमन्त्री भीम रावलले कर्णाली प्रदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोहको शुरुवात भएको बताएका छन् । उनले कर्णालीमा मात्र नभई अन्य प्रदेश र देशैभर विद्रोहको चेतावनी समेत दिए ।

‘कर्णालीमा मात्र नभई आवश्यक परेमा सुदूरपश्चिमले पनि यस्तो कदम चाल्न सक्छ, पूर्व पनि चाल्न सक्छ, देशभर त्यस्तै हुनसक्छ,’ रावलले धनगढीमा आयोजित कार्यक्रममा फ्लोर क्रसको चेतावनी दिदै भने । उनले फ्लोर क्रस गर्ने प्रदेश सांसदहरुको खुलेर प्रशंशा पनि गरे । उनीहरुलाई नेकपा एमाले रक्षाका लागि बलिदानी दिन तयार योद्धाको संज्ञा दिए ।

ओलीविरुद्ध आक्रामक तरिकाले प्रस्तुत भएका रावलले आफूहरु कुनै हालतमा नडग्ने बताए । उनले एमाले जोगाउन आफूहरु जस्तोसुकै त्यागका लागि तयार भएको समेत बताए ।

गण्डकी प्रदेशमा विशेष अधिवेशनको निवेदन दर्ता भएको र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको, लुम्बिनीमा पनि अविश्वासको प्रस्तावको तयारी भइरहेको र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारीले गति लिइरहँदा रावलको भनाई आएको हो । उनले फ्लोर क्रसलाई शुरुवात मात्र भन्दै तत्काल नसच्चिए ओलीविरुद्ध योभन्दा कडा कदम चाल्ने चेतावनी समेत दिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्