Logo

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो



वैशाख ४, काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ । यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस्