Logo

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा डा. उपेन्द्र महतो चयन



काठमाडौं, ५ बैशाख । एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन्। संघका अध्यक्ष कुमार पन्तले फण्डको अध्यक्षमा डा. महतो चयन भएको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

त्यस्तै, फण्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने अनलराज भट्टराईले पाएको पनि उनले जनाएका छन् । पन्तले लेखेका छन्–‘थप खुसीको खबर एनआरएन डेभलपमेन्ट फन्डले स्पष्ट आकार लिएको छ । अध्यक्षमा गैरआवासीय नेपाली संघ (#NRNA)का संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनलराज भट्टराईले पाउनुभएको छ । उहाँहरू दुवैजनाको व्यावसायिक अनुभवको भरपूर उपयोग भई संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा विकास स्थापित गर्नका लागि हार्दिक बधाइ तथा शुभकामना ।”

Related News:

१० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को लागि संस्थापकहरूका तर्फबाट हस्ताक्षर (फोटोफिचर) 

एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता



प्रतिक्रिया दिनुहोस्

Screenshot