Logo

प्रचण्ड राम मन्दिर निर्माणस्थलको नीरिक्षणमा पुगेपछि…



काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनको माडी पुगेर बन्दै गरेको राम मन्दिरमा पुगे । अयोध्यापुरीमा बन्दै गरेको राम मन्दिरमा पुगेर राम जन्मभूमी अयोध्या हो भनी प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

चीतवनको अयोध्यापुरी प्रचण्डको गृहक्षेत्र हो । जहाँ राम मन्दिरको शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्या नेपालमै भएको तर्क गरेको स्थान प्रचण्डको गृह क्षेत्र हो ।

प्रचण्डले राम मन्दिर निर्माणस्थलको नीरिक्षणका क्रममा कम्युनिस्टहरुले पनि धर्म मान्ने बताए । उनले भने, कम्युनिस्टहरु धर्म मान्दैनन् भन्ने झुटो प्रचर हो ।

विगतमा ६० वर्ष पुगेकालाई कम्युनिस्टले मार्छन् भनी झुटो प्रचार गरिएको स्मरण गराउँदै प्रचण्डले अहिले पनि धर्म मान्दैनन् भनेर अफवाह फैलाइएको बताए । उनले कम्युनिस्टहरुले धार्मिक आस्थाको सम्मान गर्ने बताए ।

पछिल्लो समय कम्युनिस्ट नेताहरु मठ मन्दिर जाने क्रम चलिरहँदा प्रचण्ड अयोध्यापुरीस्थित राम मन्दिर निर्माणस्थल पुगेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, प्रचण्डले आजै पार्टीको कार्यक्रममा पनि सहभागिता जनाए ।

तस्बिर स्रोतः प्रचण्डको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot