Logo

आइतबार ३५ अंकले नेप्से घट्दा एभरेष्ट बैंकको सर्वाधिक कारोबार



काठमाडौं, ५ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से ओरोलो लागेको छ । आज नेप्से १.३१ प्रतिशत अर्थात ३५.८९ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ५१ विन्दुमा रोकिएको छ । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा झरेको छ ।

नेप्सेको अनुसार आज २०७ कम्पनीको ९३ हजार ५६८ पटक कारोबार भएर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ शेयर कित्ता खरिद विक्रि भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेडको ८७ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको ८११ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य आज कायम भएको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडको ५५ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको १८ सय ९९ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ ।
कारोबारको पहिलो दिन आज म्युर्चुअल फण्डको परिसुचक ०.४६ प्रतिशतले बढेको छ भने अन्य ११ उपसमुहको परिसुचक घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्