Logo

बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ



सप्तरी, ५ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनरुप नगरपालिका(७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादव शुक्रबार राति पक्राउ परेका हुन् ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्