Logo

जसपाको माग पूरा गर्ने तयारीमा प्रधानमन्त्री ओली, एक/दुई दिनभित्रै सहमति हुने !



काठमाडौं, ५ बैशाख । जनता समाजवादी पार्टी, नेपालले अघि सारेका मागहरु पूरा गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम गृहकार्य गरेका छन्। दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलको सुझाव र निश्कर्षअनुसार नै प्रधानमन्त्री ओलीले जसपाका माग पूरा गर्ने तयारी गरेका हुन् । जसपाबाट कार्यदलमा संलग्न नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको वार्ता तथा छलफल सकारात्मक रहेको दाबी गरे ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीको नेता कर्णले भने,‘हाम्रा माग पूरा हुँदैछन् । प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ ।’ पछिल्लो समय प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले लगातार छलफल गरिरहेका छन् । अध्यक्ष ठाकुरले पनि आफूहरुको माग र मुद्दा ओलीले नै सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपालाई फकाउन प्रधानमन्त्रीले निकै मेहनत गरेका छन् ।

कर्णकाअनुसार जसपाले अघि सारेका मागहरुमा राजबन्दी रिहाई, मुधाहरु फिर्ता गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, नागरिक विद्येयकबारे पनि सहमति खोज्ने र संविधान संशोधन प्रस्ताव दर्ता गराउनेबारे प्रधानमन्त्री ओली सकारात्मक छन् । उनले अब एक/दुई दिनभित्रै सहमति हुने पनि विश्वास दिलाएका छन् ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot