बाँके, ५ बैशाख । गत मङ्सिरमा रोजगारीका लागि भारतको गडवाल पुगेका बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी रामदास थारू चार महिनामै रित्तो हात घर फर्किएका छन् । कोरोना सङ्क्रमण बढेका कारण काम गर्ने होटेल बन्द भएपछि घर फर्किन बाध्य भएको उनले बताए ।
“कोरोना बढेपछि काम बन्द भएका कारण ज्यान जोगाउन तुरुन्तै घर फर्किनु प¥यो”, रामदाससँगै घर फर्किंदै गरेका राप्तीसोनारी–२ कचनापुर निवासी बल्लु थारूले भने, “घरबाट पैसा कमाउन भनेर ऋण सापट गरेर गएका थियौँ, पैसा कमाउन त त्यस्तै भयो, ज्यान जोगाउन घर फर्कियौँ ।” लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा र कर्णाली प्रदेशका जिल्लाका नागरिक अहिले नेपालगञ्जस्थित जमुनाह नाका हुँदै धमाधम घर फर्किंदै छन् । रासस