Logo

भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, ५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिन लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा भाग लिन भारत गएका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको थियो । शाहका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ को नारा लगाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot