Logo

देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन : सभामुख सापकोटा



काठमाडौं, ५ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले जनताको पक्षमा काम गर्दा आईपर्ने कुरा व्यहोर्न आफू तयार रहेको स्पष्ट पारेका छन् । आइतबार नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख सापकोटाले पछिल्लो समय संसदलाई घेराबन्दी गर्ने प्रयास भएको टिप्पणी गर्दै त्यस्तो घेराबन्दीलाई असफल पार्ने पनि स्पष्ट पारे ।

सम्बोधनको क्रममा उनले भने,‘‘कुनै कुराको त्याग गर्न र कुनै कुराको जोखिम लिन मलाई कठिनाइ हुने छैन । देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन ।’ हिजो बालुवाटारमा बसेको सर्बदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर आलोचना गरेको भालिपल्ट आज सभामुखको यस्तो भनाई आएको हो । सभामुखले संसदमा सरकारलाई असहयोग गरेको प्रधानमन्त्रीको गुनासो थियो । यता, सभामुख सापकोटाले संसदलाई कसैको दबाब स्वीकार्य नहुने चेतावनी दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्