Logo

बादलद्वारा गृहमन्त्रीको सपथ



काठमाडौं, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले सपथ लिएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले दल त्याग गरी नेकपा एमालेमा पुगेकाले उनीमाथि कारबाही भएको थियो । बादलको सांसद पद रिक्त गर्न माओवादीले पत्र लेखेबमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको निर्णय सुनाएका थिए । त्यसपछि बादलको मन्त्री पद स्वतः गएको थियो ।

प्रधानमन्त्री ओलीले आजै बादललाई गृहमन्त्री नियुक्त गरेका थिए । उनको आजै सपथ भएको हो ।

यसअघि माओवादी परित्याग गरी कारबाहीमा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि सांसद पदबाट मुक्त भएका थिए । उनीहरुलाई पुनः मन्त्री नियुक्त गरी सपथ गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्