Logo

माओवादी बैठक बस्दै, ओली सरकारलाई समर्थन फिर्ता लिनेबारे टुंगो लाग्ने



काठमाडौं, ६ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ ।

माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको बुझिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले अबको रणनीतिबारे समेत छलफल गर्ने भएका छन् ।

माओवादी भित्र तत्काल सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने या अहिले नै समर्थन फिर्ता लिई ओलीलाई विश्वासको मत लिन लगाउनेबारे अन्यौल कायमै छ । अध्यक्ष प्रचण्ड भने अविश्वासको प्रस्तावको पर्खाईमा छन् । उनी जतिसक्दो छिटो ओलीलाई सत्ताबाट हटाउन चाहन्छन् । समर्थन फिर्ता लिएमा ओलीलाई विश्वासको मत लिन ३० दिन समय रहन्छ । विश्वासको मत लिन नसकेको अवस्थामा पनि सरकार निर्माणमा ढिलाई भए ओली नै विकल्प नआएसम्म प्रधानमन्त्री पदमा रहनेछन् ।

यसैगरी, कर्णाली प्रदेशमा एमालेबाट फ्लोर क्रस भएपछि प्रचण्ड उत्साही भएका छन् । उनी काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षधरबीच समिकरण बनाएर भएपनि अगाडि बढ्ने तयारीमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot