Logo

एमाले बैठक बस्दै, ओली कठोर निर्णयको तयारीमा



काठमाडौं, ६ वैशाख । नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार नेपाल र भीम रावलमाथि थप कारबाहीको तयारी भएको छ । आजको बैठकबाट प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी भएको छ ।

यसैगरी, एमाले बैठक रोक्न एउटा पक्षले आग्रह गरेको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी विधान विपरित आयोजक कमिटी बनाएको भन्दै आज बोलाइएको उक्त कमिटीको बैठक तत्काल रोक्न आग्रह गरेका छन् । उनले उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने प्रस विज्ञप्तीमार्फत् भनेका छन् ।

बोहराले बैठकबाट ओलीले कठोर निर्णय लिन सक्ने बुझेर बोहराले रोक्न आग्रह गरेका हुन् । उनले २८ फागुन २०७७ को ओलीले गरेको निर्णय समेत फिर्ता गर्न भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्