काठमाडौं, ६ बैशाख । सिभिल बैंकले कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने गरेको हो ।
अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै कामु सीईओमा पोखरेल नियुक्त भएका हुन् । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।