Logo

पेस्तोलसहित ससुराली आउदा ज्वाई पक्राउ परेपछि…



काठमाडौं, ६ बैशाख । विभिन्न हातहतियार सहित एकजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरी, कोशी गाउँपालिका–४ जुद्धगञ्ज बस्ने कयुम मन्सुरीको घरमा आएका उनका ज्वाई सप्तरी कञ्चनपुर नगरपालिका–१ बस्ने २४ वर्षीय जमाल मन्सुरी १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलको २ राउण्ड गोली सहित पक्राउ परेका हुन्।

कयुमको घरमा रोजा पर्व मनाउन आएको अवस्थामा जमाललाई अस्थायी प्रहरी पोष्ट शिबचोक कटानबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot