काठमाडौं, ६ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयर बजार ओरालो लागेको छ । सोमबार ३७.५८ अंकले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.६ अंकले घटेर ४७९.१० विन्दुमा पुगेको छ ।
नेप्से परिसुचक अनुसार आज २१३ कम्पनीको ७३ हजार ५८२ पटक कारोबार भएर ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २२४ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर खरिद विक्रि भएको छ ।
सोमबार १२ उपसमुह मध्ये हाइड्रोपावर र फाइनान्स समुहको बाहेक १० समुहका सुचक राताम्मै छन् । हाइड्रोपावरको ३.१८ अंक र फाइनान्सको ६.१७ अ.कले सुचक बढेको हो ।
आज सबैभन्दा धेरै नागरिक लगानी कोषको कारोबार भएको नेप्सेले जनाएको छ । कोषको २८ करोड ८३ लाख भन्दा धेरैको कारोबार भएको छ । ३९ सय ९४ रुपैयाँ प्रतिकित्ता शेयर मुल्य कायम भएको छ ।
नेप्सेको अनुसार आज हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट डेभलपमेन्टको २४ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ४७९ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।