काठमाडौं, ६ बैशाख । सोमबार (आज) नेप्सेमा ६ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ १ हजार २ सय २४ रुपैयाँ बरारबको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी नागरिक लगानी कोषको कारोबार भएको नेप्सेले जनाएको छ । कोषको २८ करोड ८३ लाख भन्दा धेरैको कारोबार भएको हो । ३९ सय ९४ रुपैयाँ प्रतिकित्ता शेयर मुल्य कायम भएको छ ।
नेप्सेको अनुसार आज हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट डेभलपमेन्टको २४ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ४७९ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।