काठमाडौं । आज प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा सिटौला चयन भएका थिए ।
अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंकको सञ्चालक समितिको सोमबार बसेको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण सिटौलाले गरेको बैंकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनको नेपालको बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रेहको छ । अध्यक्ष सिटौलाले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरी सकेका छन् ।