काठमाडौं, ६ बैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन यही वैशाख १३ गते डाकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेचरनले बैशाख २ गते मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
संसदको अधिवेशन गरेकै दिन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नयाँ मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको नाम अघि सारिएको छ ।
अविश्वासको प्रस्तावअघि हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै तीनै दलले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको लागि समावेदन हालेका थिए । सोहीअनुसार प्रदेश प्रमुख शेरचनले अधिवेशन बैशाख १३ गतेको लागि डाकेका छन् । File Photo/ReportersNepal