काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले पार्टीको अनुशासन सबभन्दा बढि उल्लंघन गर्ने व्यक्ति केपी शर्मा ओली भएको बताएका छन् । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुनको लागि प्रचण्डसँग गोप्य सम्झौता गरेको पनि आरोप लगाएका छन् ।
उनले आफूहरुमाथि कारबाही गरिए आफूहरुले नै ओलीलाई कारबाही गर्ने चेतावनी दिए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गरेका सम्पूर्ण क्रियाकलाप अवैध र पार्टीको विधान विपरित रहेको पनि उनको आरोप छ । उनले प्रधानमन्त्री ओलीले सत्ताको लागि बालुवाटारमा षड्यन्त्र गरिरहेको पनि आरोप लगाए । उनले आफूहरु सडकभन्दा पनि जनताको साथमा रहेको सुनाए । उनले केपी ओली अवैद्य अध्यक्ष भएको पनि जिकिर गरे ।