Logo

१७ सोलार प्लान्टलाई निर्माणको अनुमति



काठमाडौं, बैशाख ७ । विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।

विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।

सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा कुल १४।७७ मेगावाट क्षमताको ३ ओटा सोलार प्लान्ट बनाउने गरी अनुमति पाएको छ । यसबाहेक अन्य सबै निजीक्षेत्रका कम्पनी हुन् । प्राधिकरणले नुवाकोटमा कुल २५ मेगावाटको सोलार प्लान्ट बनाउँदै छ । प्राधिकरणले प्लान्टअनुसार छुट्टाछुट्टै ब्लक बनाएर लाइसेन्स लिँदै आएको छ । अर्को १० दशमलव ३३ मेगावाट क्षमता बराबरको प्लान्ट भने सर्वेको चरणमा रहेको छ ।

१७ आयोजनाले निर्माणको अनुमति पाए पनि हालसम्म ३ सोलार प्लान्ट मात्रा सञ्चालनमा आएका छन् । १० मेगावाटको मिथिला सोलार प्लान्ट, ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्ट र प्राधिकरणको ११ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा आएका छन् । काठमाडौं खानेपानी लिमीटेडको शून्य दशमलव ६८ मेगावाट सोलार प्लान्ट ९काठमाडौं० र सूर्य पावर कम्पनीको १ मेगावाटको विष्णु प्रिय सोलार फर्म (नवलपरासी) पहिलेदेखि नै सञ्चालनमा छन् ।

अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट (मेवा) क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना पनि वैशाख महीनाभित्र सञ्चालनमा आउने तयारीमा छ । अहिले त्यसको अन्तिम चरणका काम द्रुत गतिमा भइरहेको कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा जडान हुनेछ । यही कम्पनीले ढल्केबर र सिमरामा १र१ मेवा क्षमताको अर्को आयोजना पनि निर्माण शुरू गरेको छ । ती आयोजना केही महीनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ । आर्थिक अभियान दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्

Screenshot