Logo

सुरू भयो सेतो मछिन्द्रनाथको जात्रा



काठमाडौं, बैशाख ७। वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु हुने भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी देखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुने गर्दछ ।

 

दिउँसो चार बजे केलटोलबाट देवताको खट (रथयात्रा) लागिदरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने छ । तीनधारा पाठशाला अघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको प्रचलन रहेको छ । आज रथ असनमा लगेर राखिन्छ ।

 

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।रथ दोस्रो दिन असनबाट वसन्तपुर स्थित कालभैरव अघि लगिन्छ र तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । रथलाई शहरको भित्री भागमा तीन दिनसम्म रथलाई घुमाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्