Logo

आज यी दुई कम्पनीका साधारण सभा हुँदै



काठमाडौं, ७ बैशाख । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । मंगलबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीको सभा हुन लागेको हो ।
कालिका लघुवित्तको आज बिहान देखि पोखराको होटल टास्क इन्टरनेशनलमा सभा भैरहेको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस बेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा बिहान ११ बजेदेखि सभाको आयोजना गरेको छ । सभाले लेखा परिक्षकको नियुक्ति, पारिश्रमिक निर्धारण तथा शेयरधनीको तर्फबाट संचालक पदमा दुई जनाको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot