काठमाडौं, ७ बैशाख । दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा नेपाल एसबिआई बैंकले एटिएम सेवा सुरु गरेको छ । बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृती मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकले हालसम्म ८८ वटा शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।