Logo

५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न जनउत्थान लघुवित्तको साधारण सभा बैशाख ३० गते बस्ने



काठमाडौं, ७ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बैशाख ३० गते हुने भएको छ । दशौं वार्षिक साधारण सभा होटल न्यू ईरा, बुटवल, रुपन्देहीमा विहान ११ बजे हुने भएको हो ।

कम्पनीको सभाले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्ने, गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन विवरण पारित गर्ने तथा ५२ प्रतिशत प्रस्तावित लाभांश पनि पारित गर्ने जनाइएको छ ।

हाल चुक्तापूँजी ७ करोड ९२ लाख रहेको यस कम्पनीको उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्न सम्पूर्ण जिम्मेबारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्